मुम्बई । बलिउडका एक्सन हिरो अजय देवगणलाई छोरी न्यासासँग निकै डराउने गरेको बताएका छन् ।
न्यासाले आफूलाई निकै गाली गर्ने भएकाले डर लाग्ने गरेको अजय बताउँछन् ।
छोरीले आफ्नो हरेक काममा ध्यान राख्ने र कतै गल्ती, कमजोरी भए कराइहाल्ने अजय सुनाउँछन् ।
उनी आफूले कुन फिल्ममा राम्रा अभिनय गरियो, कुनमा ओभर एक्टिङ गरियो भन्ने कुरा छोरीको कमेन्टबाट थाहा पाउँछन् ।
छोरीको हस्तक्षेपका कारण कतिपय फिल्म अस्वीकार गरेको समेत अजय बताउँछन् ।
छोरीको सुझाब अपनाउनाले आफूलाई फाइदा भइरहेको उनी बताउँछन् । उनी छोरीलाई कहिल्यै रिसाउन नदिने कोसिसमा रहन्छन् । – एजेन्सी















प्रतिक्रिया