१२ मंसिर २०८३, शनिबार

सुर्खेतमा समाजवादी फोरमका उम्मेवार काँग्रेसमा प्रवेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ५ मंसिर । संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रदेश सभा सदस्यका लागि सुर्खेतको क्षेत्र नम्बर १ प्रदेश (ख)बाट उम्मेदवारी दिएका दिपलाल दमाई (दिलिप) नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका हुन् ।

नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयन र समग्र मुलुकको सम्मृद्धि काँग्रेसबाट मात्रै सम्भव रहेको ठहर गर्दै आफू नेपाली काँग्रेसमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रियता, स्वाभिमानी, जनताको गौरव र सम्मृद्ध नेपालको परिकल्पनालाई साकार पार्न काँग्रेसका नेता पूर्णबहादुर खड्काले खेलेको भूमिका अतुलनीय भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।