१२ मंसिर २०८३, शनिबार

गोंगबुका इन्सपेक्टर ५० हजार घुससहित रंगेहात पक्राउ

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनवारलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

निरीक्षक सुनुवारले एक होटलका संचालकसँग ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । आयोग स्रोतका अनुसार होटल सञ्चालकसँग महिनावारी वापतको ५० हजार रुपैयाँ लिइरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

आयोगले प्रहरी निरीक्षक सुनवारमाथि थप अनुसन्धान थालेको छ ।