१२ मंसिर २०८३, शनिबार

विप्लव वार्ता गर्न तयार

16.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ मंसिर । आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन असफल पार्न देशव्यापी रुपमा निर्वाचन खारेजी अभियान चलाएको नेपाल कम्युनिष्ट पार्टी वार्ताको लागि तयार रहेको सो पार्टीका एक नेताले बताएका छन् ।

नेकपाले संसदीय व्यवस्थाको अन्त्य, संघीयतालगायतका हालको शासन शासकीय स्वरुपका बारेमा समेत असहमति राख्दै नयाँ संघर्षमा जाने दावी गर्दै आएको छ । दश वर्षे सशस्त्र जनयुद्धमा सहभागी नेत्र बिक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले यही मंसिर १० र २१ गते हुने निर्वाचन विरुद्ध श्रृङ्खलाबद्ध बम विस्फोटन गर्दै आएको छ । यही सन्दर्भमा सो पार्टीले आफ्नो उद्देश्य राजनीतिक लक्ष्य रहेको भन्दै वार्ताको ढोका खुल्ला रहेको जनाएको हो ।

निर्वाचनमा शान्ति सुरक्षामाथि गम्भिर प्रश्न उठिरहेको समयमा आफूहरु राजनीतिक माग लिएर अगाडि बढेको र जारी समस्या समाधानको लागि वार्ता गर्न तयार रहेको सो पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की (जिवन्त)ले जनाएका छन् ।

पोलिटब्यूरो सदस्य जीवन्तले भनेका छन्, ‘हामी समस्या समाधानको लागि वार्ता, छलफल गर्न तयार छौँ । नेपाल कम्युनिष्ट पार्टी कसैसँग लडाई लडन् चाहदैन तर, देशव्यापी रुपमा राजनीतिक अभियान अन्तर्गत निर्वाचन खारेजीको लागि विभिन्न अभियानहरु सञ्चालन गरिरहेका छौँ ।’ उनले आफूहरुको अभियान नरोकिने र दमन भए प्रतिरोध गर्न आफूहरु तयार रहेको चेतावनी सरकारलाई दिएका छन् । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्न आफूहरुको संघर्ष निरन्तर अघि बढ्ने नेता जिवन्तले दाबी गरेका छन् ।