२९ आश्विन २०८३, बिहिबार

उडिरहेको जहाजमा चरा ठोक्किदा यस्तो हुन्छ हालत

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उडिरहेको जहाजमा कहिलेकाही चरा आएर ठोक्किएको घटनाहरु विभिन्न समयमा आउने गरेको पाइन्छ । यस्तो घटनालाई ‘बर्ड स्ट्राइक’ (Bird strike) भन्ने गरिन्छ । अन्तर्राष्ट्रिय नागरिक विमान संगठन (The International Civil Aviation Organization, ICAO)का अनुसार सन् २०११ देखि १४ को बीचमा ६५ हजार १३९ वटा बर्ड स्ट्राइकका घटना भएका थिए ।

जब चरा उडिरहेको जहाजमा ठिक्किन्छ, तब जहाजको इन्जिनले काम गर्न छोड्छ । तर विमान चालकहरुले यस्तो अवस्थाको कसरी सामना गर्ने भनेर पहिले नै तालिम लिएका हुन्छन् । अधिकांश समयमा विमान उड्ने तथा ल्याण्ड गर्ने समयमा बढि बर्ड स्ट्राइक हुने गर्छ । वर्षभरीमा विशेषगरी जुलाई र अक्टोबरमा बर्ड स्ट्राइक बढि हुने गर्छ ।

१९८८ मा बर्ड स्ट्राइकका कारण ३५ जनाको मृत्यु भएको थियो । त्यतिबेला विमानस्थलबाट जहाज उड्न लागेको समयमा जहाजको दुवै इन्जिनमा परेवा ठोक्किएका थिए । त्यसकारण जहाज दुर्घटना भएको थियो र ३५ जनाले ज्यान गुमाएका थिए ।

अमेरिकी एयरलायन्सका अनुसार हरेक वर्ष बर्ड स्ट्राइककै कारण मात्रै ७८ हजार करोडको नोक्सान हुने गर्छ । बर्ड स्ट्राइकका कारण कतिपय समयमा फ्लाइट डिले हुनुका साथै स्थगित पनि हुनसक्छ । –एजेन्सी

तस्विरः गुगल डट कम ।