काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गरिएको छ । मंसिर १० गतेको पहिलो चरणको निर्वाचनको ५ दिनअघि सरकारले प्रजिअ र प्रहरी प्रमुखहरुको व्यापक हेरफेर थालेको हो ।
पहिलो चरणमा चुनाव हुने भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् । सोलुखुम्बुमा भुपेन्द्र खत्रीलाई सरुवा गरी उनको ठाउँमा सूर्य खनाललाई पठाइएको छ । भोजपुरमा चेतराज बरालको ठाउँमा फणिन्द्र दाहाललाई पठाइएको छ । त्यस्तै, गृह मन्त्रालयको स्रोतका अनुसार रसुवाकी प्रमुख जिल्ला अधिकारी हरिदेवी पौडेललाई सरुवा गरी उनको ठाउँमा चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । नुवाकोटमा काँग्रेस नेताहरुको दबाबमा जगदिशराज बराललाई सरुवा गरी उनको ठाउँमा वीरेन्द्रकुमार यादवलाई सरुवा गरिएको छ ।
यी जिल्लामा प्रहरी प्रमुख फेरिए लगत्तै सरकारले प्रमुख जिल्ला अधिकारीहरुको पनि फेरबदल गरेको हो । गृह मन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले चुनावलाई प्रभाव पार्ने गरी प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखको फेलबदल गरेका छन् ।











प्रतिक्रिया