१२ मंसिर २०८३, शनिबार

सर्वोच्च परिसरमा बम राखेको हल्ला मात्रै: प्रहरी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ मंसिर । सर्वोच्च अदालत परिसरमा बम राखेको भन्ने हल्लामात्रै भएको प्रहरीले बताएको छ । अदालत परिसरबाट सबैलाई बाहिर निकालेर खोज्दा त्यस्तो केही पनि नपाइएको काठमाडौँका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

मंगलबार अपरान्हमा काठमाडौँको रामशाहपथमा रहेको सर्वोच्च अदालत परिसरमा बम राखेको हल्ला फैलिएपछि अदालतभित्र रहेका सबैलाई बाहिर निकालेएर अनुसन्धान गरिएको थियो । सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीको मोबाइलमा काठमाडौँकै एक टेलिफोन नम्बरबाट सर्वोच्च परिसरमा ३ बम राखेको सन्देश आएलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो ।