काठमाडौं, ५ मंसिर । देशकै प्रमुख न्यायालय सर्वोच्च अदालतमा बम राखिएको हल्लाले त्यहाँ सन्त्रास छाएको छ ।
अदालत परिसरमा बम राखेको हल्ला चलेपछि अदालका सबै इशजलाश प्रभावित भएका छन । बमको हल्लाले अधिवक्ताहरु तितरवितर भएको कुरा अधिवक्ता स्वागत नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
वरिष्ठ पत्रकार किशोर श्रेष्ठले पनि सर्वोच्च अदालत परिसरमा बम राखेको हल्ला आएको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्– ‘पूर्व रजिष्ट्रारका पिए शाखा अधिक्रित नितिश पौडेललाई फोनमा जानकारी दिए बिप्लव माओवादी कार्यकर्ताले । न्यायाधीशहरुले बेन्च छाडे । सुरक्षाकर्मीको बाक्लो उपस्थिति ।’
बम भएको हल्ला चलेसँगै सुरक्षाकर्मी परिचालन गरिएको छ । सैनिक टोली पनि खटिएको छ ।
पछिल्लो समय देशैभरी निर्वाचनलाई प्रभावित पार्नेगरी बम विस्फोटका घटना भइरहेका बेला सर्वाेच्चमा पनि बम राखिएको हल्ला चलेको हो ।












प्रतिक्रिया