१ कार्तिक २०८३, आइतबार

यो वर्ष चौधरी ग्रुपले कति तिर्यो कर ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ मंसिर, काठमाडौं । चौधरी ग्रुपले यो आर्थिक वर्षमा संकलन गरिएको कुल राजश्वको १ दशमलव ४८ प्रतिशत कर तिरेको दाबी गरेको छ । ग्रुपले आफूले आर्थिक वर्ष २०७३/७४ मा ७ सय ८८ करोड कर तिरेको प्रेश विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसअघि चौधरी ग्रुपले आर्थिक वर्ष २०७२/७३ मा कुल ५५९.९७ करोड राजश्व तिरेको थियो । यस आर्थिक वर्षमा ग्रुपले ४० प्रतिशतले बढी कर तिरेको बताएको छ ।

सरकारले संस्थागत घरानाबाट तिरिने करलाई वर्गीकरण नगर्दा आफूहरु सम्मानित हुनबाट छुटेको विज्ञप्तिमा भनिएको छ । ग्रुपले राज्यद्वारा गरिने वर्गीकरण र सम्मानले करदातालाई राष्ट्रिय अर्थतन्त्रमा सघाउन र विकास प्रक्रियामा योगदान दिनका लागि उत्प्रेरित गर्ने उल्लेख गरेको छ ।