काठमाडौँ । नायक भुवन केसीका सुपुत्र अनमोल नेपाली चलचित्र क्षेत्रका युवा स्टार हुन् । त्यसैले उनको क्रेज निकै छ । यस्तोमा उनी चलचित्रबाट धेरै पारिश्रमिक लिनेहरुमा गनिन्छन् नै ।
तर केही समय अगिाडी अनमोललाई ५० लाख पारिश्रमिकको अफर आएको कुरा भाइरल बनेको थियो । खवरहरुमा अनमोललाई फिल्म ‘ए मेरो हजुर–३’मा खेल्नका लागि निर्मात्री झरना थापाले ५० लाख पारिश्रमिक अफर गरेको बताइएको थियो । तर निर्मात्री थापाले यो कुरा अफवाह मात्रै भएको बताएकी छिन् । झरनाले आफ्नो फेसबुकमार्फत अनमोलसँग यसबारेमा कुनै पनि कुरा नभएको बताएकी हुन् ।
झरनाले यसबारेमा आफ्नो फेसबुकमा लेखेको स्टाटस यस्तो छः
‘सम्पूर्ण दर्शकको साथ अनि मिडिया र चलचित्रकर्मी सहयोगमा मैले निर्देशन गरेको चलचित्र ए मेरो हजुर–२ सुपरहिट चलचित्रको लिस्टमा पुग्न सफल भयो । धेरै राम्रो ब्यापार गर्यो । नेपाली चलचित्रको बजार सानो भएकाले धेरै लगानीमा चलचित्र बनाउनु आफैमा धेरै जोखिम पनि छ । ५ प्रतिशत फिल्मले मात्र मुनाफा कमाउछन् । यस्तो अवस्थामा मैले एउटा कलाकारलाई ५० लाख अफर गर्नु त मेरो सोच भन्दा बाहिरको कुरा हो । एउटा कलाकार लाई ५० लाख पारिश्रमिक दिएर चलचित्र बनाउँदा, चलचित्रको लागत कति पुग्ला? तपाईहरु पनि यही क्षेत्रसँग जोडिनु भाको छ । मेरो फोन नम्बर धेरै रंग पत्रकारहरुसँग छ, कृपया यो समाचार लेख्नु अघि एकपटक मसँग तपाइले किन सोध्नु भएन? यो गसिप हो कि समाचार हो? कपोकल्पित कुरालाई समाचार बनाएर तपाईहरुको समाचार त बिक्ला तर हाम्रो चलचित्र उद्योगको लागि राम्रो मेसेज जादैन ।’















प्रतिक्रिया