१२ मंसिर २०८३, शनिबार

काँग्रेस समानुपातिक पदका आकांक्षी र अखिल छैटौंका केन्द्रिय सदस्य वाम गठबन्धनमा प्रवेश

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, ५ मंसिर । नेपाली काँग्रेस डोटीबाट समानुपातिक उम्मेदवारका आकांक्षी कृष्ण दर्लामी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका केन्द्रिय सदस्य डम्मर ऐर बाम गठबन्धनमा प्रवेश गरेका छन् ।

नेताहरु द्वयका साथमा करिब ३ सय जनाभन्दा बढी बाम गठबन्धनमा प्रवेश गरेको बाम गठबन्धनबाट डोटी निर्वाचन क्षेत्र ‘ख’ का समानुपातिक उम्मेदवार शिव सिं ओलीले मंगलबार दिपायलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेता दर्लामीले भावुक हुँदै आँशु झारेर भने–‘नेपाली काँग्रेसले जनजातीहरुका भावना समेट्न सकेन, यस कारण काँग्रेस छोड्न बाध्य भएँ ।’

नेता दर्लामी विगतमा नेकपा एमाले समर्थक थिए । बिचमा संघीय समाजवादी फोरम नेपालका डोटी अध्यक्ष समेत थिए । गत स्थानीय तहको निर्वाचनमा नोपली काँग्रेसका सभापती एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाट टिका लगाएर काँग्रेस प्रवेश गरेका थिए । अन्ततः बाम शक्तिहरु एक ठाउँमा उभिएकाले आफु बाम गठबन्धनमा प्रवेश गरेको दर्लामीले बताए ।

त्यस्तै आफु कक्षा ६ पढ्दै गर्दा अखिल छैटौंको राजनीति शुरु गरेको स्मरण गर्दै अखिल छैटौंबाट बाम गठबन्धनमा प्रवेश गरेको विद्यार्थी नेता ऐरले बताए ।

उनले भने– ‘म सानै उमेरदेखि जनमोर्चा समर्थक थिएँ । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाम गठबन्धको कुरा उठ्दा जनमोर्चाभित्र हामीले पनि गठबन्धनमा सहभागि हुन दवाव दियौं । तर जनमोर्चाभित्र यो सम्भावना नदेखेपछि आफु बाम गठबन्धनलाई जिताउनका लागि बाम गठबन्धनमा प्रवेश गरेको हुँ ।’

बाम गठबन्धन प्रवेश गरेका कृष्ण दर्लामी, डम्मर ऐरले बाम गठबन्धनलाई विजयी गराउन आफुहरु कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाए ।

उनिहरुलाई बाम गठबन्धनका डोटी निर्वाचन क्षेत्र ‘ख’ का प्रदेश सभा उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य त्रिलाचन भट्ट, एमालेका समानुपातिक उम्मेदवार पूर्णा जोशी, माओवादी केन्द्रका समानुपातिक उम्मेदवार शिव सिं ओली लगाएतले अविर फूलमालाले स्वागत गरेका थिए ।