बागलुङ, ५ मंसिर । अपरिचित समूहले राज्यमन्त्री एवम् नेपाली कांग्रेस बागुलङ क्षेत्र नं. १ बाट प्रतिनिधी सभा उम्मेदवार चम्पादेवी खड्काको निवासमा बम विष्फोट गराएको छ ।
बागलुङ बजारको लालीगुराँस चोकस्थित राज्यमन्त्री खड्काको निवासमा सोमबार राति बम बिष्फोट भएको हो ।
बम विष्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । घरको भूइँतलामा गराइएको बम विष्फोटबाट सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । तर, बागलुङ प्रहरीले बम विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको आशंका गरेको छ ।












प्रतिक्रिया