३ कार्तिक २०८३, मंगलबार

यी पूर्व पोर्नस्टारलाई मार्ने धम्की

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । फिल्म ‘पद्मावती’को विषयलाई लिएर राजपुत करणी सेनाले निर्देशक संजय लीला भंसालीको टाउको काट्ने र अभिनेत्री दीपिका पादुकोणको नाक काट्नेसम्मको धम्की दिएका छन् ।

धम्कीपछि यो मुद्दामा अभिनेत्री सन्नी लियोनीले पनि निर्माण युनिट र कलाकारको समर्थन गरेकी छिन् । सन्नीले आफूलाई पनि दिनहुँ ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएकी छिन् ।

‘दीपिका पादुकोण र भंसालीलाई दिइने गरिएको धक्कीको विषयलाई तपाईले कसरी लिनु भएको छ ?’, हालै सन्नीलाई प्रश्न राखिएको थियो ।

जवाफमा उनले आफूलाई समेत दैनिक मार्ने धक्की आउने गरेको खुलासा गरेकी छन् । ‘मैले आफ्नो इन बक्सको केही दिनयताको म्यासेज तपाइलाई देखाए भने हैरान हुनु हुनेछ’, उनले भनिन्, ‘हरेक दिन मलाई ज्यान मार्ने धम्की आउँने गरेको छ ।’

विगत ६ वर्षदेखि आफूलाई बिभिन्न धम्की आउने गरेको बताएकी सन्नीले यस्ता धम्कीले आफूलाई केही फरक नपर्ने समेत बताएकी छन् ।

‘त्यसरी आउने धम्कीलाई के गर्ने त ?,’ उनलाई प्रश्न राखिएको थियो । ‘धम्कीको प्रचार गरेर गुन्डालाई हाइलाइट गर्न हुँदैन । धेरै आएमा पुलिसलाई खबर गर्नुपर्छ’, सन्नी भन्छिन्, ‘जसले धम्की दिन्छ, उनले नोक्सान पुगाउँदैन ।’

सन्नीले चलचित्र ‘पद्मावती’ रिलिज गर्ने विषयमा विषयमा सेन्सर बोर्ड जिम्बेवारी लिनुपर्ने जोड दिएकी छन् । – एजेन्सी