काठमाडौँ, ४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गोर्खा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई सघाउने भएको छ । त्यस्तै, नयाँ शक्तिले पनि मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापालाई समर्थन गरेको छ ।
दुवै पार्टीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सोको जानकारी दिएका हुन् । मकवानपुर–१ मा नयाँशक्ति पार्टीका उम्मेदवार प्रल्हाद लामिछानेले थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।












प्रतिक्रिया