मुम्बई । बलिउडका इमरान हश्मीलाई सिरियल किसरको रुपमा चिनिन्छन् । किनकी उनले फिल्ममा सबैभन्दा धेरै किस गरेर रेकर्ड नै तोडेका थिए । तर अब अर्का एक नायक पनि देखिएका छन् जसले आफ्नो फिल्ममा सबैभन्दा धेरै किस गरेर इमरान हश्मीको रेकर्ड तोडेका छन् ।
भोजपुरी सुपरस्टार अरविंद अकेलाले उनको नयाँ फिल्ममा ३०३ पटक चुम्मन गरेको खवरहरुमा बताइएको छ । अरविंद अकेला ‘कल्लू’ नामबाट पनि परिचित छन् । कल्लूले फिल्म ‘रब्बा इश्क ना होबे’ नामक फिल्ममा नायिकालाई २०/३० पटक नभई ३०३ पटक चुम्मन गरेका हुन् ।
तर वास्तविकता भने अलि फरक छ । कल्लूले यसबारेमा जवाफ दिँदै भनेका छन्, ‘फिल्ममा मैलै एक प्रेमीको भुमिका निभाएको छु । फिल्ममा हिरोको एउटा डायलग छ – मेरो एक किस १०१ किस बराबर छ । यसैलाई लिएर मानिसहरु भ्रममा परे । वास्तवमा फिल्ममा ३ पटकमात्रै किस गरिएको छ । त्यसैले मानिसहरुले फिल्ममा ३०३ पटक किस गरेको भनेका हुन् ।’
उनको फिल्म ‘रब्बा इश्क ना होबे’ नोभेम्बर १७ मा रिलिज भएको हो । सामाजिक परम्परालाई आधार बनाएर यो फिल्म बनाइएको छ । –एजेन्सी















प्रतिक्रिया