१२ मंसिर २०८३, शनिबार

बाम गठबन्धनको चुनावी सभामा बाजा बजाए पछि काँग्रेस कार्यकर्ताद्वारा कुटिए बाध्यबाधक दमाई

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाम गठबन्धनको चुनावी सभामा गएपछि काँग्रेसका कार्यकर्ताबाट कुटिएका कले दमाई र उनकी श्रीमती मनदरी ।

जाजरकोट, ४ मंसिर । बाम गठबन्धनको चुनावी कार्यक्रममा बाजा बजाएको भन्दै जाजरकोटमा काँग्रेसका कार्यकताले बाजा बजाउनेहरुलाई नै कुटपिट गरेका छन् । जाजरकोटको छेडागाड नगरपालिका–१२ कार्किगाउँका दमाइ समुदायका बाध्यबाधकहरुलाई काँग्रेसका कार्यकर्ताले घरमै गएर कुटपिट गरेका हुन् ।

काँग्रेसका कार्यकर्ताहरुले बाध्यबाधक कले दमाईकी पत्नी मनदरी र भाई पृथी दमाईलाई घरमै गएर कुटपिट गरि घाइते बनाएका छन् । सोही वडाको मनघाटमा भएको बाम गठबन्धनको कार्यक्रममा उनीहरुले बाजा बजाएका थिए ।

उनीहरुलाई कार्यक्रममा खाना पकाएर समेत सहयोग गरेका कारण कुटिएको पीडित कले दमाईले बताएका छन् । उनीहरुले बाम ‘गठबन्धन मुर्दाबाद’को नारा लगाउँदै बाम गठबन्धनको कार्यक्रममा सहभागी भएकामा कुटपिट गरेको कले दमाइले दुखेसो पोखे । काँग्रेसका कार्यकर्ताहरुले घरभित्रै गएर लछाड–पछाड गरी बाँसका लट्ठिले कुटपिट गरेको कलेकी श्रीमती मन्दरी दमाइले बताइन् ।

कुपपिटमा संलग्न हुने हरुमा काशीराम रोकाय, मेघ बादी, काशीराम बादी, लाल बहादुर शाही, मान बहादुर सिंह, विनोद शाही, टेक बहादुर शाही, दिप मल्ल लगायतका रहेका छन् । पिडित परिवारले जिल्ला प्रहरी कार्यलय जाजरकोटमा उजुरी दर्ता गराएका छन् । घटनाबारे छलफल गर्नका लागी प्रहरीले दुवै पक्षलाई बोलाएको प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।