३ कार्तिक २०८३, मंगलबार

गायिका रेखा पौडेलको ‘जाउ ठुली’को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । गायिका तथा संगीतकार रेखा पौडेलको आवाजमा रहेको ‘जाउ ठुली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो गीतमा सुमन केसीले पनि आवाज दिएका छन् । उक्त म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक गौरव गिरीले गरेका हुन् । सो म्युजिक भिडियोलाई हाईलाइट्स नेपालले बजारमा ल्याएको हो ।

नेपाली सांगीतिक क्षेत्रकी सफल गायिका तथा संगीतकारका रुपमा चिनिने पौडेल नेपाल चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार हुन् । उनले पहिलो पटक शिव रेग्मीद्वारा निर्देशित चलचित्र ‘फूल’मा संगीत भर्दै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनको सांगीतिक यात्रा भने ८ वर्षदेखि शुरु भएको हो । उनले सुगम संगीतमार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म पौडेलले १०० भन्दा बढि गीतहरुमा संगीत दिएकी छिन् । उनले सांगीतिक क्षेत्रमा गरेको संघर्षका कारण उनलाई अहिले यो उचाई मिलेको हो ।

हेर्नुहोस ‘जाउ ठुली’को म्युजिक भिडियोः