१२ मंसिर २०८३, शनिबार

अधुरै रह्यो प्रकाशको यो सपना, विनालाई ‘ठूलो’ क्षति !

18k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । आइतबार निधन भएका प्रचण्डपुत्र प्रकाश दाहालको एउटा महत्वपूर्ण सपना अधुरै रहेको छ ।

दाहालका स्वकीय सचिव सन्तु दराईका अनुसार चितवनबाट ५ दिनअघि निर्वाचन सामग्री व्यवस्थापनका लागि प्रकाश काठमाडौं आएका थिए । उनी आइतबार (निधन भएको दिन) निर्वाचन सामग्री लिएर चितवन जाने कार्यक्रम थियो । त्यहाँबाट उनी पत्नी विना मगरलाई जिताउन कञ्चनपुर जाने योजना थियो ।

तर, आकस्मिक हृदयघातले उनलाई चितवन र कञ्चनपुर फर्किन दिएन् । आफूसँगै लगेर गयो । अर्थात असमायिक निधनले बुवा प्रचण्ड र पत्नी विना मगरलाई जिताउने प्रकाशको सपना अधुरै रह्यो । ‘निर्वाचन सामग्री व्यवस्थापन गरी चितवन जाने कार्यक्रम थियो,’ स्वकीय सचिव दराईले भने- ‘चितवनपछि कञ्चनपुरमा निर्वाचन अभियानमा जाने कुरा गर्नुभएको थियो । तर, उहाँ आफै कहिल्यै नफर्किने गरी हामीलाई छाडेर जानुभयो ।’

पछिल्लो समय प्रकाश चितवन क्षेत्र नम्बर ३ मा बुवा प्रचण्डलाई जिताउन बढी सक्रिय थिए । र, कञ्चनपुर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार पत्नी विनालाई जिताउन लागिपरेका थिए । त्यसका लागि कञ्चनपुर जाने उनको योजना थियो । तर, सबै योजना अब अधुरै रहे ।

प्रकाशको आइतबार विहान हृदयघातबाट निधन भएको थियो ।