काठमाडौँ, ४ मंसिर । पुत्र शोकमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रचण्ड निवास लाजिम्पाट पुगेका छन् । पुत्र वियोगमा रहेका ‘प्रचण्ड’सहित उनको परिवारले देउवा र ओली समवेदना प्रकट गरेका हुन् ।
देउवा र ओलीको साथमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल तथा ओलीकी श्रीमती राधिका शाक्य पनि रहेका थिए । प्रचण्डका पुत्र प्रकाश दाहालको आइतबार बिहान हृदयघातका कारण निधन भएको थियो ।

तस्विरः रोशन सापकोटा/रासस











प्रतिक्रिया