१ कार्तिक २०८३, आइतबार

नेपालको पर्यटन क्षेत्रको विषयमा कतार एयरवेजसँग छलफल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । कतार एयरवेजद्वारा नेपालको पर्यटन क्षेत्रमा रहेका अवसर तथा चुनौती सम्बन्धि छलफलका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंमा आयोजित उक्त कायक्रमको समुद्घाटन माननिय पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवले गरेका हुन् ।

कार्यक्रमको आयोजना कतार एयरवेजले नेपाल टुरिजम बोर्ड, पर्यटन तथा नागरिक उड्डयन विभागको संयुक्त सहकार्यमा गरेको हो । कार्यक्रमका लागि आधिकारिक होटलका रुपमा सोल्टी क्राउन प्लाजा रहेको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नागरिक तथा उड्डययन मन्त्रालय लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, डोल्मा ईम्प्याक्ट फन्ड तथा प्रेसिड्ण्ट डोल्मा फाउन्डशनका प्रमुख कार्यकारी अधिकृत प्रा.टिम गोचर, एनएटीटीएका अध्यक्ष मधु सुदन आचार्य, सोल्टी क्राउन प्लाजाका महा प्रबन्धक उपल मजुम्दार, पयर्टन तथा नागरिक उड्ययन मन्त्रालय, एफएनसीसीआईका अध्यक्ष ज्यात्सना श्रेष्ठ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी, मल्टिमिडिया देशसञ्चारका वरिष्ठ पत्रकार तथा सम्पादक यूवराज घिमिरे, मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष अनिल के. शाह लगायत वक्ताले मन्तव्य व्यक्त गरेका थिए ।