१२ मंसिर २०८३, शनिबार

आयोगद्वारा २ सय ५३ जना समानुपातिक उम्मेदवार अयोग्य ठहर

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फका २ सय ५३ जना उम्मेदवारलाई निर्वाचन आयोगले अयोग्य ठहर गरेको छ । आयोगले सोमबार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै अयोग्य उम्मेदवारहरुको उम्मेदवारी रद्द गरिएको जनाकारी दिएको छ ।

साथै, थप ३ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ । २ सय ५३ जनाको उम्मेदवारी रद्द भएसँगै अब ५ हजार ८ सय ३८ जनाको उम्मेदवारी कायम रहेको आयोग बताएको छ । यसअघि बन्द सूचीमा ६ हजार ९४ जनाको उम्मेदवारी परेको थियो ।