१२ मंसिर २०८३, शनिबार

पुत्रवियोगमा परेका प्रचण्डलाई भेट्न एकाविहानै लाजिम्पाट पुगिन राष्ट्रपति भण्डारी

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । पुत्रवियोगमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुगेकी छन् ।

राष्ट्रपति भण्डारी सोमवार विहान साढे ९ बजे प्रचण्ड निवास लाजिम्पाट पुगेकी हुन् । भेटमा राष्ट्रपति भण्डारीले सान्तवना दिएकी थिइन् ।

प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको आइतवार विहान आकस्मिक हृदयघातका कारण निधन भएको थियो ।