वीरगञ्ज, ४ मंसिर । बारा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवारको गाडीलाई लक्षित गरेर बम विष्फोट भएको छ ।
जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरामा सोमबार बिहान बम विष्फोट भएको हो । बा १४ च ६३३० नं.को गाडी रहेकै स्थानमा वम विष्ट गराइएको थियो ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार ओमकृष्ण कार्की चढ्ने स्कारपियो गाडीलाई लक्षित गरी अपरिचति समूहले कुकर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट गाडीमा क्षति पुगेको छ । विस्फोट गराउने समहूबारे खुल्न सकेको छैन । विष्फोटबाट मानवीय क्षति भएको छैन ।











प्रतिक्रिया