१२ मंसिर २०८३, शनिबार

पृथ्वीसुब्बा गुरुङलाई मतदाताले दिए मुख्यमन्त्री बन्ने आशीर्वाद

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ४ मंसिर । चुनाव जितेमा प्रदेश नं. ४ को भावि मुख्यमन्त्रीको रुपमा हेरिएका एमाले सचिव एवं संगठन विभाव प्रमुख पृथ्वीसुब्बा गुरुङ भोट माग्दै नाल्मा र पुरानकोट पुगेका छन् ।

बेंसीसहर नगरपालिका वडा नम्बर ५ नाल्मा र ४ को पुरानकोटका स्थानीयले गुरुङको टोलीलाई भब्य स्वागत गरी उनलाई मुख्यमन्त्री हुन आशीर्वाद दिएका हुन् ।

नाल्मा र पुरानकोटमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार पृथ्वीसुब्बा गुरुङले सरकारले आफ्नै नेताको समेत सुरक्षा दिन नसकेको आरोप लगाए । नेताहरुलाई लक्षित गरी दिनदिनै बम विष्फोट गराउँदा समेत सरकार मुकदर्शक बनेको भन्दै उनले बामपन्थी सरकार बनेमा हरेक नागरिकको सुरक्षाको जिम्मा सरकारले लिने बताए ।

गुरुङले अब प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा बामपन्थी सरकार हुने भन्दै कसैको लोभलालचमा नफसेर बाम गठबन्धनको सूर्य चिन्ह र सूर्य चिन्ह नभएको ठाउँमा रहेको हँसिया हथौडामा मतदान गर्न आग्रह गरे ।

कांग्रेसले ३ पटक बहुमत प्राप्त गर्दा पनि मुलुकको स्थायीत्व र विकास दिन नसकेर उल्टै जनतालाई दुःख दिने काम गरेको आरोप लगाउँदै एमाले सचिव गुरुङले अब विकास र निकास दुवैका लागि बामपन्थी सरकार अत्यावश्यक रहेको औँल्याए । ‘जव जव कांग्रेस सरकार बन्छ, तब तब मुलुकमा अस्थिरता बढ्छ’, उनले भने ।

उनले कांग्रेस सरकारमा पुग्नेवित्तिकै बाह्य शक्तिले चलखेल गरेको आरोप लगाए । अब बन्ने सरकार लमजुङको विकास र समृद्धिमा लाग्ने भन्दै गुरुङले पोखरा–रामबजार–नाल्मा हुँदै बेसीसहर जोड्ने क्षेत्रीय सडक पहिलो प्राथामिकतामा राखेर अघि बढाइने बताए ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मोहनहरि पौडेलले बम गठबन्धनको जितलाई कुनै शक्तिले रोक्न नसक्ने दावी गरे । बामपन्थी सरकारले २ वर्षभित्र नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने रणनीति लिएको र ५ वर्षभित्र अल्पविकसति मुलुकबाट विकासशीलक मुलुकमा स्थापित गर्ने उनले बताए ।

चुनावका बेला हरेक प्रकारका सामूहिक तथा ब्यक्तिगत आश्वास आउने भन्दै त्यस्ता आश्वासमा नफसी मुलुकको हितका लागि बामपन्थी उम्मेदवार प्रतिनिधिसभातर्फ देवप्रसाद गुरुङ र प्रदेश सभातर्फ पृथ्वीसुब्बा गुरुङलाई जिताउन पौडेलले आग्रह गरे ।

बेंसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बामपन्थी गठबन्धन देखेर कांग्रेस आत्तिएको बताए । बामपन्थी सरकार आएमा जनताले दुःख पाउने भन्दै विभिन्न लान्छाना लगाएकोप्रति खेद ब्यक्ति गर्दै उनले बामपन्थी सरकार आएमा घरघरमै विकासको अनुभूति दिलाउने बताए ।

बेंसीसहर नगरपालिकाको मेयरमा निर्वाचित भएपछि विकासलाई हरेक क्षेत्रमा पुगाउने प्रयासमा रहेको भन्दै उनले बामपन्थी सरकार आएमा गाउँघरको मुहार नै फेरिने गरी विकास सम्भव रहेको बताए ।