सिन्धुपाल्चोक, ३ मंसिर । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाकी पुत्री देवयानी बुवाको लागि भोट माग्न भारतबाट सिन्धुपाल्चोक आएकी छिन् । आइतबार देवयानीले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ स्थित इन्द्रावती गाउँपालिकामा आफ्ना बुवाको लागि भोट मागिन् ।
उनले भूकम्पको समयमा आफ्ना बुवाकै सक्रियतामा सिन्धुपाल्चोकमा प्रशस्त राहत वितरण गरिएको दाबी गरिन् । आफूले महिला अधिकारका लागि काम गर्ने बताउँदै उनले बुवालाई जिताउन मतदातालाई आग्रह गरिन् ।











प्रतिक्रिया