काठमाडौँ, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनको खवर पाएपछि नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखाबाट काठमाडौँ आएका छन् । भट्टराई मृतक प्रकाशलाई श्रद्धाञ्जली दिएपछि आफ्नो कार्यकक्षमा रहेका प्रचण्डलाई भेटेर अंगालो हालेर रोएका छन् ।
भट्टराई र प्रचण्डले एकअर्काको अनुहार देख्ने वित्तिकै रोएका थिए । भट्टराई र प्रचण्ड सशस्त्र द्वन्द्वको समयदेखि नयाँ शक्ति पार्टीको निर्माण नहुन्जेल सहपाठीको रुपमा थिए । भट्टराई माओवादी पार्टी परित्याग गरेपछि आइतबार नै पहिलो पटक पेरिसडाँडा पुगेका हुन् ।











प्रतिक्रिया