काठमाडौँ, ३ मंसिर । बलिउडका सुपरस्टार नायक सलमान खान, नायिका ज्याक्लिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायतका कलाकार नेपाल आउने भएका छन् । ओडीसी इन्टरटेनमेन्टको आयोजनामा आगामी फागुन २६ गते टुडिखेलमा हुने ‘दबंग द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा बलिउडका कलाकारहरु नेपाल आउने भएका हुन् ।
ओडीसीले सलमानसहितका कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति माग्दै निवेदन दिएको छ । सलमानका भाइ सोहेल कन्सर्ट हुने स्थान, बस्ने होटेल, सुरक्षा लगायतका विषयबारे बुझ्न केही सातापछि आउने आयोजकले बताएको छ । कन्सर्टमा २५ हजारजति दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।















प्रतिक्रिया