१२ मंसिर २०८३, शनिबार

पुत्रवियोगमा रहेका प्रचण्डको निर्देशन: चुनावका कुनैपनि कार्यक्रम नरोक्नुस्

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका कुनैपनि कार्यक्रम नरोक्न पार्टी पक्तिलाई निर्देशन दिएका छन् ।

पार्टी कार्यालय कोटेश्वरमा आइतबार शीर्ष नेतासँगको छलफलमा अध्यक्ष प्रचण्डले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका कार्यक्रम नरोक्न निर्देशन दिएका हुन् ।

माओवादी प्रवक्ता पम्फा भुषालले पार्टी अध्यक्ष प्रचण्डका पुत्र प्रकाशको निधनले परिवार र देश शोकमा रहेपनि चुनावी कार्यक्रम नरोक्न आग्रह गरेको बताइन् ।