१२ मंसिर २०८३, शनिबार

प्रकाशको निधनप्रति राजपाका नेता राजेन्द्र महतोद्वारा समवेदना प्रकट

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम (धनुषा), ३ मंसिर । पूर्व प्रधानमन्मन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनप्रति राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता राजेन्द्र महतोले दुःख व्यक्त गरेका छन् ।

महतोले प्रकाश दाहालको असामयिक निधनले आफूलगायत राजपा पार्टीलाई स्तब्ध बनाएको उल्लेख गरे । उनले मृतकको आत्माको चिर शान्ति एवम् शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदन प्रकट समेत गरेका छन् । उनले भने, ‘निर्वाचनको मुखमा भएको शोकलाई शक्तिको रुपमा बदलेर निर्वाचनमा होमिएको सम्पूर्ण माओवादी केन्द्रले देश र जनताका लागि दुखद घडिमा समेत लाग्न शक्ति प्रदान गरुन् ।’