१२ मंसिर २०८३, शनिबार

प्रकाशकी जेठी पत्नी सिर्जना बेहोस्, बिना मगरलाई प्रहरी र आफन्तले सम्हाल्न सकेनन्

83.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ मंसिर । प्रकाश दाहालको निधनपछि उनको जेठी पत्नी सिर्जना शर्मा बेहोस भएर ढलेकी छिन् ।

प्रकाशको निधनको खबर थाहा पाउनासाथ नर्भिक अस्पताल पुगेकी सिर्जना बेहोस भएर ढलेपछि उनलाई नर्भिकमै भर्ना गरिएको छ ।

कञ्चनपुरबाट उम्मेदवार बनेकी प्रकाशकी कान्छी श्रीमती बिना मगर पनि पतिको निधनपछि काठमाडौँ आइपुगेकी छिन् । चिच्याउँदै नर्भिक अस्पतालभित्र छिरेकी उनलाई सुरक्षाकर्मी र आफन्तले सम्हाल्न खोज्दा पनि सकेनन् । उनी चिच्याउँदै प्रकाश दाहाललाई भेट्न अस्पतालभित्र छिरिन् ।

प्रकाशलाई राखिएको नर्भिक अस्पतालमा प्रकाशका आफन्त, माओवादी कार्यकर्ता, शुभेच्छुक र संचारकर्मीहरुको बाक्लो भीड छ ।