काठमाडौँ, ३ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधनको खबर पाएपछि गोरखाबाट काठमाडौँ आउने भएका छन् । पूर्वप्रधानमन्त्री भट्टराई प्रचण्डलाई समवेदना दिनको लागि काठमाडौँ फर्कन लागेका हुन् ।
गोरखामा क्षेत्र नम्बर २ मा चुनावी प्रचारमा व्यस्त रहेका रहेका भट्टराई अन्तिम श्रद्धान्जली दिन काठमाडौँ आउनेछन् । जनयुद्धका सहयात्री भएका नाताले पनि भट्टराई श्रद्धाञ्जलिका लागि काठमाडौं आउने तयारीमा रहेका छन् ।
दाहालको आइतबार बिहान हृदयघातका कारण मृत्यु भएको हो । छोराको निधन भएपछि चुनावी अभियानमा झापामा रहेका प्रचण्ड हेलिकोप्टरबाट काठमाडौँ आएका छन् । एमालेका अध्यक्ष केपी ओलीसहित प्रचण्डकी छोरी, ज्वाइँ र नातीनिसहित ५ जना काठमाडौं फर्किएका छन् ।











प्रतिक्रिया