नेपाली राजनीतिमा रवीन्द्र मिश्रको उदय भएपछि उनी माथि मूल धारका पत्र पत्रिकाले निकै सहानुभूति गरे ।
समृद्धि हाम्रै जीवनकालमा भनेर यसैब्यवस्थामा रहेर जनताको अवस्था सुधार्छु भन्ने विवेकशील साझा पार्टी र यसले लिएका लोककल्याणकारी नीतिहरुको तारिफ़ गाउँ देखि शहर सम्म र शहरदेखि प्रवास सम्म भईरहेको छ ।
पार्टी जन्मेकै केहि महिनामा जता ततै यत्रो जनसमर्थन भईरहँदा राजनीतिलाई लाजनीति बनाएका केहि स्वार्थ समूहहरुकोनिद्रा खलबलिए पछि कसैको ब्यक्तिगत चरित्र हत्या गर्न समेत पछि नपरेको देख्दा लाग्छ: राजनीतिमा संस्कार भन्ने शब्दको खडेरी नै परेको छ।
राजनीतिमा तत्कालीन समयमा गरिएको जेल नेललाई अहिले क्याश गरेर आफू मात्र बन्ने तर जनता कंगाल हुने पनि लोकतन्त्र हुन्छ भनेर रवीन्द्र मिश्रलेनिरन्तर खबरदारी गरिरहँदा अब आफ्नो खेलो खेती बन्द हुने भयो भनेर अतालिएका केहि कुकृत्यकर्मीहरुले अहिले निराधार भिडियो बनाएर उनको बदनामगर्ने चेष्टा गरिरहेका छन् ।
तर त्यो भिडियोका दर्शकको प्रतिक्रिया हेर्दा यस्तो लाग्छ कि त्यो त उनीहरुकै लागि प्रत्युत्पादक भएको छ ।
- अँध्यारो कुनामा बसेर उनको बदनाम गर्न भिडियो बनाउनेले आफ्नो अनुहार देखाउने हिम्मत गर्न किन नसकेको होला? यदि उनीहरुले सहि कुरा नैगरेको भए अनुहार देखाउन किन डराउनु नि ?
- रवीन्द्र मिश्र एउटा खुला किताब हुन् जसलाई जसले जहाँबाट पनि पढ़े हुन्छ। उनीमा न त लोभ लालच छ न त कसै प्रति पूर्वाग्रह नै । उनले आफ्नोब्यक्तिगत लाभ लिन चाहेको भए ठूला पार्टीहरुमा पसेर आफ्नो मन्त्री पद सुरक्षित गर्न सक्थे । राजनीति पेशा हैन समाजसेवा हुनुपर्छ भन्दा भ्रष्टहरुकोटाउको दुख्नु के ठूलो कुरा भयो र ?
- राजनीतिलाई घृणाको रुपमा परिभाषित हुदै जाँदा रवीन्द्र मिश्रले आम युवाहरुलाई कति सम्म उर्जा र भरोशा दिएका छन् भन्ने कुरा उनका घर दैलोअभियान र सामाजिक मिडिया हेरे मात्र पुग्छ ।अनि उनको लोकप्रियता देखेर निराधार ब्यक्तिगत लान्छना लगाउँदैमा जनताले बिश्वास गर्छन् भनेरकसरी सोचेका होलान् ?
- जो ब्यक्ति आर्थिक पारदर्शिता र सामाजिक उत्तरदायित्व र परोपकारलाई आदर्श मान्दै जीवनको यो मोड़ सम्म आएको छ त्यसको बारेमा अनर्गलप्रचार गर्नेहरुले खुम बहादुर, गोबिन्दराज र गणेश लामाहरुका कुकृत्य बारे भिडियो बनाउन किन सक्दैनन् ? रवीन्द्र मिश्रको चरित्र हत्या गरेर के उनीहरुलेडनवाद,धनवाद तथा भ्रष्टहरुको संरक्षण गरेको हो? किन कांग्रेसमा धनराज गुरुंग जस्ता निष्ठावान मान्छेहरु धुरु धुरु रुन्छन् ?
- हरेक पटक आकर्षक घोषणा पत्र बनाएर अघोषित शोषण पत्र जारी गर्नेहरु बिरुद्द नियत ठिक भएका नेता बनौँ देश आफै बन्छ भन्ने आदर्श पात्र रवीन्द्रमिश्रलाई लगाएका ब्यक्तिगत आरोप प्रमाणित गर्नु पर्छ कि अँध्यारोमा लुकेर जे बोले पनि हुन्छ ?
- बि. बि.सी. मिडियाको काम राष्ट्रिय अन्तराष्ट्रिय घटनाहरुको चर्चा गर्नु हो कि राजनीति गर्नु हो ? वि.वि.सी.ले कहिँ कतै राजनीति गरेको प्रमाण छ? अझराजनीति गर्न नेपाल जा भनेर भन्छ भनेर कसैले पत्याउँछ ?
- वि. वि. सी. मिडियाबाट नक्कली हस्ताक्षर गरेर एक करोड़ निकाल्न सहयोग गर्यो भनेर हल्ला चलाउनेलाई थाहा छ छैन ? वेलायतमा पाँच सय पाउण्डबैंकबाट निकाल्दा पनि परिचय पत्र चाहिन्छ ।
- हेल्प नेपाल नेटवर्क, मानव सेवा आश्रम र थुप्रै सामाजिक संस्थामा स्व:स्फूर्त रुपमा ठूलो धनराशी जम्मा गरि करोडौँ रुपैयाँ परोपकारमा रवीन्द्र मिश्रलेखर्च गरिरहँदा राज्यकोषबाट अर्बौ रुपैयाँ भ्रष्टाचार गर्नेहरुको बारेमा खोई तिनीहरुले बिरोध गरेको? तिनीहरुको बिरुद्दमा त कुनै भिडियो बनेन त? किनभाग पुगेर नबनाएको?
- रवीन्द्र मिश्र जस्तो वि. वि.सी.को आकर्षक जागिर खानेले छोरा छोरी रातो बंगलामा पढाउनु त उनको क्षमताको कुरा थियो, उनले कसैलाई ढाँटेर लुटेरहैन मेहनत र भाग्यले प्रगति गरिरहँदा तलब भत्ता चाहिँ राज्यको खाने, आफ्ना छोरा छोरी सुबिधा सम्पन्न स्कूलमा पढाउनेहरु बिरुद्द कुनै आवाज़नउठ्नु कस्तो बिडम्वना हो?
- रातो बंगला फ़ाउण्डेशन जस्तो परोपकारी संस्थाले काभ्रेका बिकट क्षेत्रका सरकारी बिद्यालयका शिक्षकको क्षमता अभिवृद्धि गर्ने तालिम चलाउँदा फाईदाती सरकारी बिद्यालयका शिक्षक र बिद्यार्थीलाई भयो होला कि रवीन्द्र मिश्रलाई?
- विवेकशील साझा पार्टीले हरेक बुधवार उद्यमशीलता दिन भन्दै बिभिन्न उद्यमशीलता बारे प्रशिक्षण दिएको र उद्यमी समाज निर्माण हाम्रो लक्ष्यभन्ने नारा किन नदेखे जस्तो गरेका होलान्? फेरि आफूलाई पुग्ने गरी ईमानको पैसा कमाएर आफू मात्र बनेर के गर्व गर्नु देश बनाउन लाग्छु भन्नु गलतथियो भने नीति र नियत बिगारेर ब्रम्हलूट गर्नु ठिक थियो?
- हामी भ्रष्टहरुको पैसाले चुनाव जितेर तिनीहरुको ग़ुलाम हुन्नौँ, देश बिदेशमा बस्ने नेपालीहरुको पसिनाको सुगन्धले निर्वाचन आयोगको खर्च परिधिभित्र रही खर्च गर्छौ भन्ने रवीन्द्र मिश्र ग़लत हुन् भने चुनाव खर्च यति चाहियो भन्दै तोकेरै धम्कीपूर्ण चिठ्ठी पठाउनेहरु सहि हुन्? लूटतन्त्रका वफ़ादारसिपाहीहरु कहिँ कतै केहि बोलेको किन सुनिन्न नि?
- नेपालमा ईशाईकरण हुलिनुमा दोष रवीन्द्र मिश्रको हो कि ठूला दल र तिनीहरुका नेताहरुको हो? उनी आफूलाई गर्वले हिन्दु भन्छन् दशैँ, तिहारमनाउँछन्, अरु धर्मको सम्मान गर्छन्। हिजो यूरोप र अमेरिकी नियोगको ईशारामा मध्यरातमा धर्म निरपेक्षता घोषणा गर्ने को हो? कर्तब्यकोसिलसिलामा जागिर खान वेलायत बस्दैमा उनले ईशाईकरण हुलेको भन्नु कति सम्म मूर्खता हो? त्यसो भए हाम्रा बिदेशिएका लाखौँ युवाहरुलाई पनिईशाई र मुश्लिमकरण गरेको भन्ने आरोप लगाउने? कसैले ईशाईकरण गरेको प्रमाण पुर्याए पार्टी नै खारेज गर्छौँ भन्न सक्ने अरु कुनै दल र दलकानेताहरु छन्?
- रवीन्द्र मिश्र तीजको दिनमा आफ्नै श्रीमतीको खुट्टा ढोग्ने मान्छे हुन्, उनले कोही महिलालाई दुर्ब्यवहार गरेको भन्ने प्रमाण छ? परिवारका आफ्नैसदस्यको त ग्यारेन्टी गर्न नसकिने जमानामा उनले अरु कर्मचारीको आचरणको ठेक्का कसरी लिने?
- गोविन्द के.सी. लाई तेह्रौ पटक सम्म सत्याग्रह गर्न बाध्य पार्ने ठूला पार्टीहरुको अक्षम्य हर्कत भईरहँदा उनको समर्थन र सत्तापक्षहरुको बिरोधमाभिडियो बनाउँनेहरु कुन दुलोमा थिए? यति धेरै पार्टी मध्ये विवेकशील साझा पार्टीले मात्र गोविन्द के.सी.को आन्दोलनको काँध थामिरहँदा अहिलेभिडियो बनाउनेहरु कहाँ थिए? त्यसबेला गोविन्द के.सी.को मृत्यु कुर्नेहरु को थिए? रवीन्द्र मिश्र थिए कि स्वास्थ्य माफिया हरु? जवाफ छ?
- लोकमानलाई अक्तियार प्रमुख बनाएर आफ्नो कालो धन लुकाउन आफ्नो ढाल बनाउन नियुक्त गर्ने रवीन्द्र मिश्र हुन् कि कथित ठूला पार्टीका नेताहरुहुन्? रवीन्द्र मिश्रले लोकमानतन्त्र हावी भयो भनेर बारम्बार बोल्दा कान थुनेर बसेका थिए? भ्रष्ट नेताहरुको बिरुद्दमा सबै भन्दा खरो बोल्ने रवीन्द्र मिश्रहुन् कि हैनन्?
- लोकतन्त्र, गणतन्त्र र समावेशिता भजाएर सबै भन्दा पहिले आफ्नै जीवनशैली कायापलट गरेकाहरुलाई निरन्तर लुट्न दिनु हुन्न भनेर पात्र हैनप्रबृर्तिको बिरोध गर्नु राजतन्त्रको बिरोध गर्नु हो? हिजो प्रधानमन्त्री बनाईदिनुपर्यो भनेर राजालाई बिन्ती पत्र हाल्ने रवीन्द्र मिश्र हुन् र?
- रवीन्द्र मिश्रले जानाजान वा अन्जानमा एक एक पैसा पनि भ्रष्टाचार गरेर खाएको भए आफ्नी आमाको रगत खाए बराबर होस् भनेर आमाकै मुख हेर्नेदिन भनिरहनु भन्दा कठोर कसम अरु के हुन्छ? साँच्चै राम्रो गरिरहँदा पनि नराम्रो आरोप लगाउनेहरुले लुट्नेहरुलाई किन देख्दैनन्? यसले के स्पष्टहुन्छ भने उनको बिरोध गर्नेहरु लुटतन्त्रका मतियारहरु हुन्।
- टायर बाल्ने हैन बनाउने राजनीति गर्छौ, फूल फूलाउने राजनीति गर्छु भनेर निष्ठाको राजनीति अंगाल्ने रवीन्द्र मिश्रलाई सराप्नेहरुले कुनै ब्यवसायबिना रातारात अर्बपति बनेकाहरुको बारेमा किन बोल्दैनन्? किन जेल बाहिर निस्कँदा खुम बहादुरहरुलाई एकाउन्न किलोको माला लगाएर बग्गीमाशहर घुमाएका भिडियोहरु भाईरल हुदैनन्?
- कुरो स्पष्ट छ विवेकशील साझाको लोकप्रियता देखेर तिलमिलाएका केही दल दासहरुले रवीन्द्र मिश्रलाई बदनाम गरेका मात्र हुन्। जानाजान हजारौँगल्ती गर्ने दल र दलका नेताहरु भन्दा रवीन्द्र मिश्र हज़ार गुना सात्विक छन्।
- त्यसैले हल्लाको पछि नलागौँ, देश बनाउँछु भनेर कसम खाएका रवीन्द्र मिश्रको बारेमा आएका निराधार आरोपहरुको पछि लागेर उनको देश बदल्नेहुटहुटीलाई अपमान नगरौँ।रवीन्द्र मिश्र राजनीतिमा आउँदा रुने हैन सुध्रिने पो राम्रो कुरा !
नेपालको जय होस् ।















प्रतिक्रिया