१२ मंसिर २०८३, शनिबार

नुवाकोटमा काँग्रेसलाई ठुलो धक्का, दर्जनौँ कार्यकर्ता बाम गठबन्धनमा प्रवेश

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २ मंसिर । नुवाकोटमा नेपाली काँग्रेसका दर्जनौँ कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेपछि काँग्रेसलाई ठूलो धक्का लागेको छ । लच्याङ सालामानेका दर्जनौं काँग्रेस कार्यकर्ता पार्टी परित्याग बाम गठबन्धनमा प्रवेश गरेका हुन् ।

काँग्रेसका कार्यकर्ता लालबहादुर तामाङ, सञ्जय तामाङ, जयराम तामाङ, ज्ञानीमाया तामाङ लगायतका ५० भन्दा बढी नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता बाम गठबन्धनमा प्रबेश गरेका छन् । उनीहरुलाई नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का बाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङ र प्रदेश १ (ख)का उम्मेदवार बद्री मैनालीले स्वागत गरेका छन् ।