भोजपुर, २ मंसिर । भोजपुरको षडानन्द नगरपालिका १३ तिनतले नजिकैको भीरथाप्लोमा बम विस्फोट भएको छ । बम बिस्फोटमा परी २ जना प्रहरी सहित युवा संघका नेता विक्रम राई घाइते भएका छन् ।
बाम गठबन्धनको आमसभा सकेर सदरमुकाम फर्कदै गरेका युवा संघका सचिवालय सदस्य विक्रम राईको बिस्फोटमा परी टाउकोमा चोट लागेको छ । बिस्फोटमा परी प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरी निरीक्षक देवनारायण यादव पनि घाइते भएका छन् ।
बाटोमा राखिएको टाइम बमबारे बुझ्न खटिएको प्रहरी टोलीले भिड हटाउँदै गर्दा बम पड्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए ।











प्रतिक्रिया