१२ मंसिर २०८३, शनिबार

चुनावी दौडधुपले ओली र प्रचण्डलाई प्रेसर ! (फोटो फिचर)

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २ मंसिर । वाम गठबन्धनका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार झापामा स्वास्थ्य परिक्षण गराएका छन् ।

संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्न ओलीको गृहनगर विर्तामोड पुगेका दुबै नेताले वि एण्ड सी अस्पतालमा गएर डा. किशोर कुमार र डा. लक्ष्मण ठाकुरबाट प्रेसर लगायत नियमित स्वास्थ्य परीक्षण गराएका हुन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा वाम गठबन्धनका उम्मेदवार जिताउन अहिले ओली र प्रचण्ड देश दौडाहमा छन् । दुई पार्टीले देशका विभिन्न जिल्लाहरुमा संयुक्त चुनावी सभा गरिरहेका छन् ।