१ कार्तिक २०८३, आइतबार

एनालग प्रविधि टेलिभिजन बन्द गर्ने निर्णय सच्चियो

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । सरकारले काठमाडौं र ललितपुर महानगरमा एनालग प्रविधिबाट प्रशारण भइरहेका टेलिभिजन बन्द गराएको केही समयभित्रै निर्णय सच्याएको छ ।

सरकारले हालका लागि ३५ एनालग कम्पनीहरूको प्रशारणलाई नियमित गर्ने निर्णय गरेको हो । आसन्न प्रतिनिधी र प्रदेश सभाको चुनावका कारण प्रशारण नियमित गर्ने निर्णय भएको सूचना तथा संचार मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

आगामी सात दिनभित्र एनालगलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने कार्यतालिका पेस गर्न एनालग कम्पनीहरूलाई निर्देशन दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर मसान्तसम्मका लागि स्थानीय तहमा उपलव्ध नेपाली प्रशारण संस्थाका प्रसारण च्यानललाई अनिवार्य रुपमा प्रशारण गर्नेगरी निर्णय गरियो ।’

नेपालमा डिजिटलाइज्ड टेलिभिजन सेवा लागू गर्न केही समय थप गर्नेबारे नेपाल केबल टिभी व्यवसायी महासंघका पदाधिकारीसँग मन्त्रालयले छलफल गरेको थियो ।

यसअघि बुधबार र बिहीबार मन्त्रालयले एनालग प्रविधिमा प्रशारण भइरहेका केबल कम्पनीहरूको अनुगमन गरी प्रशारण बन्द गराएको थियो । ११ कम्पनीको अनुगमन गरी रोकिँदा दुई महानगरमा २० लाख टेलिभिजनको प्रशारण बन्द भएको थियो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियु)ले यसै अंग्रेजी वर्षको डिसेम्बरसम्ममा एनालग प्रविधिलाई विस्थापित गर्दै डिजिटलमा जान आफ्ना सदस्य राष्ट्रहरूलाई निर्देशन दिएको थियो ।