काठमाडौं । गायिका कला लम्सालको राष्ट्रिय भावले ओतप्रोत गीत बजार आएको छ ।
शिव हमालको लय शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेले लम्साललाई साथ दिएका छन् । देशभक्तिले सजिएको यो गीत यूट्युवमा रिलिज गरिएको छ ।
म्युजिक भिडियोको निर्देशन मौसमी हिमालीले गरेका हुन् । दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।
म्युजिक भिडियोमा कला लम्साल र जोर्डन भण्डारीले मोडलिङ गरेका छन् । युट्युबमा यो गीतले राम्रो रेस्पोन्स पाइरहेको गायिका लम्सालले बताएकी छिन् । ‘गीत राम्रो भएको प्रतिक्रिया आएको छ’, लम्सालले भनिन् ।
https://www.youtube.com/watch?v=asoox5cMnL4&feature=youtu.be















प्रतिक्रिया