२२ कार्तिक २०८३, आइतबार

प्रधानसेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रथी दर्जामा पदोन्नति भएका युद्धकार्य महानिर्देशक उपरथी हेमन्तराज कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्दै प्रधानसेनापति छत्री ।

काठमाडौँ, ३० कात्तिक । प्रधानसेनापति राजेन्द्र क्षत्रीले रथी दर्जामा पदोन्नति भएका युद्धकार्य महानिर्देशक उपरथी हेमन्तराज कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषदको गत २७ गतेकोे निर्णयअनुसार रथी दर्जामा पदोन्नति भएका कुँवरलाई बिहीबार जङ्गी अड्डामा एक बिशेष समारोहबीच क्षत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

पदोन्नति भएका रथी कुँवरलाई नेपाली सेनाको बलाध्यक्षको कार्यालय प्रमुखमा पदस्थापना गरिएको छ । साथै, बलाध्यक्षको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका रथी पूर्णचन्द्र थापालाई बलाधिकृतको कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।

यसैविच, प्रधानसेनापति क्षत्रीले विभिन्न गणको निरीक्षण भ्रमणसमेत गरेका छन् । छत्रीले सोलुखुम्बुस्थित अमरदल गुल्म, ओखलढुंगास्थित शम्शेरदल गण, ईटहरीस्थित पूर्वी पृतना हेड क्वाटर, हेटौँडास्थित मध्य पृतना हेड क्वाटर र धादिङ जिल्लाको बैरेनीस्थित नं.६ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन नेपाली सेनाको तयारीको बिषयमा जानकारी लिएका थिए ।

निरीक्षण भ्रमणपछि प्रधानसेनापति क्षत्री बिहीबारै काठमाडौं फिर्ता भएका छन् । निरीक्षण भ्रमणको लागि छत्री बुधबार पूर्वी पृतना हेड क्वाटर तर्फ प्रस्थान गरेका थिए ।