
मकवानपुर, ३० कात्तिक । मकवानपुर प्रहरीले बिहीबार ३५ हजार अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे स्थित प्रहरी चेकपोष्टमा ३५ हजार अमेरिकी डलरसहित बिहार बस्ने २५ वर्षीय शेषनाथ प्रसादलाई पक्राउ गरेको हो ।
काठमाडौँबाट हेटौँडा हुदै वीरगञ्जतर्फ जादैँ गरेको ना ६ ख ६२९१ नम्बरको यात्रुबाहक बस रोकी चेक जाँच गर्ने क्रममा उक्त बसमा यात्रा गरी आएका शेषनाथको जुत्ताभित्रबाट प्रहरीले सो अमेरिकी डलर बरामत गरेको हो । पक्राउ परेका शेषनाथलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग, हरिहर भबन ललितपुरमा बुझाउने तयारी भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।












प्रतिक्रिया