काठमाडौँ, ३० कात्तिक । पश्चिम सेतीमा जलविद्युत आयोजनाको लागि संयुक्त लगानी गर्न नेपाल विद्युत प्राधिकरण र चिनियाँ कम्पनीबीच सम्झौता (जेभीए) भएको छ । बिहीबार प्राधिकरणको केन्द्रीय कार्यालयमा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि प्राधिकरण र चीनको थ्रि गर्जेजबीच सम्झौता भएको हो ।
प्रारम्भिक सम्झौता भएको दुई दिन पछि नै कुलमान घिसिङ नेतृत्वको प्राधिकरण बोर्डले पारित गरेको थियो ।१० महिना अघि गत ३ माघमा नै सम्झौतामा प्रारम्भिक हस्ताक्षर गरिएको भएपनि थ्रि गर्जेजको बोर्डले लामो समय सम्झौता पास नगरेपछि हाल मात्रै यसको लागि अन्तिम सम्झौतामा हस्ताक्षर गरिएको हो । बिहीबार नै जेभीए गर्ने गरी काठमाडौँ आएको चिनियाँ टोली र प्राधिकरणको टोलीले यसलाई अन्तिम रुपमा दिएका हुन् ।















प्रतिक्रिया