३ कार्तिक २०८३, मंगलबार

नेपालकै होचा कलाकार दिपेन शाहको निधन

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० कात्तिक । नेपालकै होचा कलाकारको रुपमा चिनिएका दिपेन शाहको बिहीबार निधन भएको छ । केही वर्षयता बोनम्यारो रोगबाट पीडित शाहको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।

उनको उचाई ३१ इञ्च मात्र थियो । धादिङ घर भएका उनी केही वर्षयता परिवारको साथमा काठमाडौंमा बस्दै आएका थिए । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर उनी चर्चामा रहेका थिए । उनले केही नेपाली चलचित्रमा पनि अभिनय गरेका छन् ।