२२ कार्तिक २०८३, आइतबार

ठाकुरबाबामा बन्यो संयुक्त समिति, गठबन्धनलाई आचार संहिता लागू

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदीप अधिकारी

बर्दिया, ३० कात्तिक । आसन्न मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन ठाकुरबाबा नगरपालिकामा एमाले र माओवादी केन्द्रले संयुक्त निर्वाचन परिचालन समिति गठन गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच समाजवाद निमार्णको गन्तव्यमा पुग्ने उद्धेश्यका साथ बाम एकता सहितको चुनावी गठबन्धनलाई अत्याधिक बहुमतले जिताउनका लागि पार्टी एकता संमायोजन समितिले ठाकुरबाबा नगरपालिकामा समिति गठन गरेको हो ।

बाम गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न समितिले विभिन्न १९ वटा निर्वाचन परिचालन उपसमिति गठन गरेको छ । समितिले निर्वाचन अवधीभर पार्टी नेता र कार्यकर्ताहरुमा लागू हुने गरि आचारसंहिता समेत निर्माण गरेको छ ।

आचार संहितामा पार्टी एकता र वाम गठबन्धनलाई कमजोर पार्ने र उम्मेदवारका विषयमा कुनै पनि नकारात्मक टिकाटिपप्णी गर्न नहुने र बामएकतालाई भावनात्मक एकतामा खलल पुग्ने गरी भौगोलिक र सास्कृतिक पक्षलाई कमजोर बनाउने खालका कुनै पनि गतिविधी गर्न नहुने उल्लेख गरिएको छ ।

निर्वाचनलाई लक्षित गर्दै ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ बजारमा बाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ ।