काठमाडौं, ३० कात्तिक । बिद्युत् महसुलवापतको रकम अवदेखि आर्ईएमईपेबाट भुक्तान गर्न सकिने भएको छ ।
देश विदेशमा रहने सबैले यस्तो सेवामार्फत बिद्युत् महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो ।
यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ ।
नेपाल बिद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्वतीबाट गर्न सुरु गरिसकेको छ ।
प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्ग गर्दा उपलब्ध गराएको बिलका आधारमा आफूलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेटमार्फत नेपाल बिद्युत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवा लिन सकिन्छ भने आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाईएको छ ।
मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तान गर्ने व्यवस्था ‘आइएमईपे’ले ‘पे–पोइन्ट’को सहकार्यमा गरेको हो ।















प्रतिक्रिया