पुनर्वास, २९ कात्तिक । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर मा निर्वाचनको सरगर्मी बढेसंगै लालझाडी गाउँपालिका ५ बाट माओवादी केन्द्र परित्याग गरि १ दर्जन बढी कार्यकर्ता काँग्रेस प्रवेश गरे पछि बामगठबन्धनलाई झटका लागेको छ । बुधबार लालझाडी गाउपालिका ५ माओवादी परित्याग गरि स्थानीय नेतृ बसन्ती नेपाली सहित १४ जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
बुधबार काँग्रेस प्रवेश गरेकी नेतृ बिमला माओवादी केन्द्रकी सकृय स्थानीय नेता हुन । माओवादी पार्टी हुनेखाने वर्गको पृष्ठ पोषण गर्न बाटोमा लागेको र परिवारवाद संरक्षणमा माओको बिचारलाइ परिभाषित गर्ने परिपाटी बिकसित हुँदै आए पछि माओवादी पार्टी परित्याग गरेको नेतृ बिमलाले बताइन् ।
बुधबार लालझाडी गाउपालिका स्थित देखतभुलीमा आयोजित नेपाली काँग्रेसको चुनावी सभामा कालुसिह खड्का,बिष्ना ऐर, जंगबहादुर बोहरा सहित १४ जना कार्यकर्ताले माओवादी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका हुन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार तथा निवर्तमान साँसद दिवानसिह बिष्ट र प्रदेश (क) का प्रदेश सभाका उम्मेदवार गोपालसिह गुरुङले पार्टी प्रवेश गर्नेहरुलाई टीका लगाएर स्वागत गरेका थिए ।














प्रतिक्रिया