डोल्पा, २९ कात्तिक । सीता एयरको जहाजले बिहीबार बाट डोल्पाको जुफाल विमान स्थलमा परिक्षण उडान भरेको छ । मुख्य क्याप्टेन रबिन गौचन सहायक चालक र एअरओस्टेज सहित को सिता जहाज नेपालगंज बाट डोल्पा उडान गरेको हो ।
जहाज बस्नका लागी धावन मार्ग निकै सहज भएको मुख्य चालक रबिन गौचन ले बताए । उनका अनुसार डबल डिनीएर इन्जीन भएका कारण नेपालगंजबाट डोल्पामा २२ मिनेट मा पुगेको पनि बताए । डोल्पा मा आउने अन्य जहाज मध्य सिता को जहाज सबैभन्दा छिटो पुग्ने पनि उनले दाबी गरे ।
बुधबार परिक्षण उडान भएता पनि नियमित उडान भने परिक्षण उडान को तिन दिन पछि गरिने चालक दलका एक कमैचारी ले बताए । सिता को जहाज लगाएत अन्य ठुला डबल इन्जीन का जहाज को लागी धावनमार्ग स्तर उन्नती तथा कालो पत्रे गरिएको होटल ब्यबसायी बालकृष्ण डागीले बताए ।
डागीका अनुसार डबल इन्जीनका २ वटा जहाज ले नियमित उडान गरेपछि यात्रु ले टिकट को लागी हानपिट को अबस्था नआउने बताए । यहि टिकट को लागी पटक पटक बिवाद हुने गरेको पनि उनले थपे । यसरी डबल तथा सिङ्गल इन्जीनका जहाजहरुले नियमित उडान गरे पछि टिकट मा सन्डिीकेट तथा टिकट माफियाहरु लाई ठिक हुने स्थानिय बासीहरुले आशा गरेका छन् ।
















प्रतिक्रिया