२२ कार्तिक २०८३, आइतबार

बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन युवाले गरे अभिभावक भेला

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २९ कात्तिक । बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनका लागि गुलरिया नगरपालिका वडा नं. १ का युवाहरु संयुक्त रुपमा जुटेका छन् ।

गुलरिया १ मा रहेका युवाहरुले शंकरबस्ती गाउँबाट आज देखि बाम गठबन्धन जिताउ अभियान सुरु गरेका हुन् । पहिला जेष्ठ नागरिक तथा अभिभावकहरुलाई बाम गठबन्धनको आवश्यकताको विषयमा जानकारी गराउने उद्देश्यले शंकरबस्ती गाउँमा रहेका सम्पूर्ण अभिभावकहरुलाई एक टाउँमा भेला गरेको वडाका संयुक्त युवा परिचालन कमिटिका संयोजक गोरख जैसीले बताए ।

जेष्ठ नागरिक रविलाल पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त अभिभावक भेलालाई युवा नेता डिवि कार्की, गेहेन्द्र ढकाल र तुलसा थापा लगायतले सम्बोधन गर्नुभएको छ । नेताहरुको प्रशिक्षण पछि देश र जिल्लालाई सम्बृद्ध बनाउनका लागि बाम गठबन्धन आवश्यक भएको महसुस गर्दै बाम गठबन्धन जिताउ अभियान थाल्ने अभिभावकहरुले प्रतिबद्धता जनाएका छन् ।