२२ कार्तिक २०८३, आइतबार

चुनावी अभियानमा हिडेका एमाले नेता राजेन्द्र पाण्डे लडेर घाइते

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २९ कात्तिक । नेकपा एमालेका नेता राजेन्द्रप्रसाद पाण्डे चुनावी अभियानका क्रममा लडेर घाइते भएका छन् ।

धादिङको धुनिबेशी नगरपालिका– ७ तोप्लाङमा घरदैलो अभियान सकि मजुवा लिखुतर्फ जाँदै गर्दा बाटोमा चिप्लीएर लडेको पाण्डेका स्वकीय सचिव दिनेश घिमिरेले जानकारी दिए ।

घाइते भएका पाण्डेको नौबिसेमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी थप उपचारका लागि काठमाडौँको मनमोहन मेमोरियल शिक्षण अस्पतालमा लगिएको छ ।

पाण्डे धादिङको प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ बाट मंसिर १० गते हुने निवार्चनका उम्मेदवार हुन् ।