१३ मंसिर २०८३, आइतबार

उज्जवल थापाले चुनावी प्रचारमा सफा टेम्पो प्रयोग गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ कात्तिक । विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नं. ५ का उम्मेदवार उज्जवल थापाले चुनावी अभियान वातावरण मैत्री सफा टेम्पोको प्रयोग गर्ने भएका छन् । आम जीवनमा सार्वजनिक यातायात नै प्रयोग गर्ने थापाले सफा टेम्पोको प्रयोगले वातावरणीय मुद्दामा आफ्नो दृष्टीकोण प्रतिबिम्बित गर्ने बताए ।

घरदैलो तथा भेटघाट कार्यक्रममा आफु र अभियन्ताहरु टेम्पोमै जाने उनको भनाइ छ । आजै लाजिम्पाटमा अन्तरक्रिया र बाँसबारिमा घरदैलो गर्दा सफा टेम्पोकै प्रयोग गरिएको थापाले बताए । काठमाण्डौँका लागि सफा टेम्पो सबैभन्दा उपयुक्त सानो सवारी साधन भएको थापाको भनाइ छ ।

‘विद्युतीय गाडीको महत्व धेरै छ । यो प्रविधि नेपालको पर्यावरण र अर्थतन्त्र सुहाउँदो छ ।’ थापाले भने, ‘अधिकांस सफा टेम्पो चालक महिला छन् । यो हामीले चाहेको समानुभुतिपूर्ण समाजिक विकास र पर्यावरणमैत्री विकासको नमुना हो ।’
विवेकशील साझाकी नेतृ रञ्जु दर्शनाले पनि स्थानीय निर्वाचनमा सफा टेम्पो भाडामा लिएर चुनावी प्रचारका लागि सिंगारेर त्यसबाटै प्रचार गरेकी थिइन् ।