काठमाडौं, २७ कात्तिक । सरकारले चिनियाँ कम्पनीसँग भएको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सम्झौता खारेज गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सम्झौता खारेजको निर्णय गरेको उपप्रधान तथा उर्जामन्त्री कमल थापाले जानकारी दिए ।
बैठकपछि उपप्रधान तथा उर्जामन्त्री कमल थापाले अनियमित र हचुवाढंगले गेजुवा ग्रुपसंग गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको जानकारी दिएका छन् ।
तत्कालिन प्रधानमन्त्री प्रचण्डले आफ्नो ९ महिने कार्यकाल पूरा गरी सरकार छोड्ने बेलामा बुढिगण्डकी विवादित चिनियाँ कम्पनी गेजुवा ग्रुप दिएका थिए । यसमा ठूलो आर्थिक चलखेल भएको भन्दै व्यापक विरोध भएको थियो । संसदमा समेत आवाज उठेको थियो ।
















प्रतिक्रिया