विराटनगर (मोरङ), कात्तिक २६ । मोरङमा काँग्रेस र फोरमबाट नेकपा (एमाले)मा प्रवेश गर्ने नेताहरुको लर्को लागेको छ । यो लर्कोमा काँग्रेस र फोरमका क्रियाशील सदस्यहरु नै रहेका छन् ।
एमाले प्रवेश गर्नेहरुमा काँग्रेसका क्रियाशील सदस्य लेलु राजवंशी, नरबहादुर बिष्ट, र रुद्र बिष्टसहित ४ दर्जनभन्दा बढी काँग्रेस र संघीय समाजवादी फोरम पार्टी परीत्याग गरी एमालेमा प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेलले स्वागत गरेका थिए ।











प्रतिक्रिया